सिकिमकाे एकजना नामुद जाेन गुरूङ युट्युबर इसाइ थिए । गलामा क्रूस झुण्ड्याएर हिँड्थे । चर्च जान्थे । आफूलाई ख्रिष्टियन भन्थे । तर उनकाे मनमा ठूलाे रूखाेपन, रित्ताेपन र उजाड अनुभवहरू भइरहेकाे थियाे । याे अनुभव संसारकाे कुनै पनि मानिसकाे अनुभव हाे ।
मानिसलाई त्याे खाली ठाउँ भर्नुपर्ने कुरा बाइबलमा उल्लेख छ । येशूले एउटा सफा तर खाली, रित्ताे र उजाड भएकाे मानिसकाे कथा बताउनुभयाे जसलाई भूत आत्माबाट निकाे तुल्याइएकाे थियाे । त्याे व्यक्तिकाे हृदय सफा थियाे तर त्याे खाली, रित्ताे र उजाड थियाे । येशूले यहाँ जाेन गुरूङ जस्ताे खाली, रित्ताे र उजाड मन भएकाे व्यक्तिले कसरी अरू कुरालाई स्थान दिन सक्छ भन्ने कुरा बताउनुभएकाे छ ।
फेरी येशूले शान्तिकाे कुरा गर्दै भन्नुभयाे कि उहाँले शान्ति दिनुहुन्छ जुन शान्ति संसारले दिएकाे जस्ताे हाेइन । यस माने संसारमा शान्ति पाइने धेरै श्राेत, तरिका र प्रकृयाहरू छन् जसले तपाई्काे मनमा स्थान लिन सक्छन्, जसले तपाईंकाे हृदयलाई भर्न सक्छ र शान्तिकाे अनुभूति दिलाउन सक्छ । तर येशूले भन्नुभयाे कि उहाँले दिएकाे शान्ति चाहिँ बिलकुल फरक हुन्छ ।
सायद जाेनले येशूले दिन चाहनुभएकाे शान्ति कहिले पाएनन् र संसारकाे अरू श्राेतहरूबाट शान्ति पाए ।
तर फेरि विश्वासबाट पछि हटेकाे विषयमा पनि बाइबलले बताउँछ । बाइबलमा एउटा यस्ताे पत्र अनि अगमवाणीहरू छन् जसले मूलधार चर्चले मान्दै आएकाे सिद्धान्त र धार्मिक शिक्षालाई ठूलाे चुनाैति दिन्छ र पश्चिमेली इसाई विचारलाई माथ गर्छ । धेरै भन्छन् एकचाेटी बचाइएपछि वा उद्धार भएपछि सँधे मुक्ति पाइन्छ । बचाइने, उद्धार र मुक्ति तीन मुख्य शब्द हुन् । इजकिएलका अगमवाणीकाे वृतान्त र याकूबकाे पत्र अनि हिब्रूकाे पत्रले याे मूलधार चर्चका सिद्धान्त विरूद्ध कडाभन्दा कडा चेतावनी र हाेशियारीकाे ध्वनी बजाउँछ ।
याे कुरा तपाईंकाे वर्तमानमा भरपर्छ नकि तपाईंकाे विगतकाे अवस्थामा ।
संसारमा तपाईंले मुक्ति, उद्धार र बचाइएकाे अवस्था हाेला तर यदि तपाईं फर्कन चाहनुहुन्छ भने तपाईं फर्कन सक्नुहुन्छ जसै गरि जाेन त्याे बाटाेमा लागेकाे छ ।
बाइबलले बताउँछ विगतले तपाईंकाे वर्तमान अवस्थाकाे नजरिया र तपाईंकाे मृत्यु पश्चातकाे गन्तव्य निर्धारण गर्दैन यदि त्याे विगतले वर्तमानसम्म निरन्तर्ता पाउदैन भने ।
तपाईंले याे भन्न पाउनुहुन्न कि त्यति बेलाे मैले विश्वास गरेकाे थिएँ, तपाईंकाे शान्तिमा रमाएकाे थिए, मैले अगमवाणी गरेर पवित्र आत्माकाे वरदान चाखेकाे थिएँ , भेटी चढाएकाे थिएँ । याे विगतकाे कुरा हाे । कुरा हाे वर्तमानमा तपाईं के गर्दैहुनुहुन्छ ? तपाईंकाे अन्तिम सासमा तपाईंकाे सम्बन्ध येशूसँग कस्ताे छ, पवित्र आत्मासँग कस्ताे छ, परमेश्वर यहाेवासँग कस्ताे छ, पितासँग तपाईंकाे सम्बन्ध के छ ?
मैले पाप गरेकाे थिएँ? मैले भ्रष्टचारी थिएँ, म व्यवभिचार थिएँ , म फटाहा थिएँ , म विधर्मी थिएँ विगतमा तर वर्तमानमा तपाईं त्यस्ताे हुनुहुन्न र माथिल्लाे हरफमा भएकाे असल कुरा गर्ने, विश्वास गर्ने हुनुहुन्छ भने बाइबलले बताउँछ तपाईंकाे लागि आशा छ ।
फेरि याे वर्तमानकाे अवस्था पनि परमेश्वरकाे अनुग्रह, दया र कृपा रह्याे भने यस्ताे विश्वास जन्मन र पुनर्जिवित हुन सक्छ नकि मानिसकाे इच्छामा । एसाव भन्ने पात्रकाे बारेमा यस्ताे कुरा उल्लेख भएकाे छ बाइबलमा कि उनले जीवनकाे अन्तिम घडि समेत त्याे आशिष पाएनन् किनकि उनेल परमेश्वरकाे अनुग्रहलाई तुच्छ ठानेका थिए ।
हिब्रू र पुरानाे करारकाे पुस्तकहरूले भन्छ यदि तिमीले आज उहाँकाे आवाज सुन्याै भने…..त्यसैले त्याे आज मुख्य कुरा हाे । अन्तिम घडिसम्म तपाईंकाे बिश्वास बचाइराख्ने चुनाैति पनि बाइबलमा प्रशस्तै पाइन्छ ।
तसर्थ तपाईंहरू अरूहरूले कसरी जीवन ब्यतित गरिरहेकाछन् भनेर जाँच्न समय गयाे । बाइबल भन्छ आफूलाई जाँच । मूल्यांकन गर । केही मृत्युमा लाने पाप हुन्छन् । विशेषगरी जब परमेश्वरमा कसैले विश्वास गुमाउछ भने त्याे भन्दा ठूलाे मृत्युजनक पाप केही हुदैन ।
तपाईंले कुन विश्वास गुमाउनु हुन्न ? याे यूहन्ना ३ः१६ बताइएकाे कुरामाथि रहेकाे विश्वास हाे । याे विश्वास हरायाे भने परमेश्वरले पनि अब बचाउन सक्नुन्न भनेर याे पदले उहाँकाे सबैभन्दा ठूलाे प्रेमकाे साथै ठूलाे चेतावनी र गम्भिर परिणाम पनि उल्लेख गरिएकाे छ । याे पदमा सबै कुरा ठूलाै छन् । यही कुरा निकाेदमस, त्याे विद्वान फरिसी र उच्च तहका शासकसँग नभएकाे कुरा येशू स्वयमले बताउनुभयाे ।
येशूले भन्दै हुनुहुन्थ्याे निकाेदमस तिमीमा याे खालकाे विश्वास छैन भने तिम्राे गन्तव्य तय भएकाे छ । तिमी के राेज्छाै ? निकाेदमसले याे खालकाे विश्वास राेजे र अन्तमा ख्रिष्टकाे दुःखकाे दिनमा साथ दिने व्यक्ति बने ।
अब जाेनकाे बारेमा पहिला नै हिब्रूकाे पुस्तक, इजकिएलकाे अगमवाणी र याकूबकाे पत्रले बताउछ । उनी एक प्रतिनिधि पात्र हुन् । तर आशा मरेकाे छैन । पिताले उडाउ पुत्रलाई पर्खिरहनुभएकाे छ । हराएकाे भेडा खाेज्नुहुन्छ । हराएकाे सुनकाे सिक्का खाेज्नुहुन्छ । भाइ जाेन परमेश्वरकाे लागि अहिले पनि त्यतिकै मूल्यका छन् जसरी पहिला थिए । तर भाइले गाेठालाेकाे आवाज सुन्नुपर्छ । पर्खिरहेकाे पिताकाे माया सम्झनुपर्छ । जाेनकाे इच्छाकाे कदर पिता गर्नुहुन्छ ।
गाेठालाेकाे काम बचाउनु हाे तर सम्पूर्णरूपले सिंहले फहराएकाे खाएपछि गाेठालाेले केही गर्न सक्दैन । सुँगुरकाे चाराे खाएर मृत्युकाे पाताल लाेकमा पुगेपछि कुनै उपाय छैन ती पर्खने पिताकाे लागि । तर अवशेष छ भने केही आशा छ, अवशेषै छैन भने त्यसकाे पनि आशा हुँदैन । जलाइएकाे मुर्दाकाे अवशेष हुँदैन, उसकाे पृथ्वीमा बाैरिने आशा न्यून हुन्छ । कंकालकाे पनि आशा हुन्छ, कंकालै छैन भने पृथ्वीमा फर्कने आशा छैन । यद्यपि याे पनि केवल परमेश्वरकाे कृपा र अनुग्रहमा भरपर्छ र उहाँकाे इच्छामा भरपर्छ नकि केवल मानिकाे प्रार्थना र विश्वासमा ।
जाेन भाइ म एउटा मृतक मानिसकाे दफनकाे चिहानमा उसकाे जीवन बाैरी उठाेस भनेर प्रार्थना गरेर फर्काउने आशा राख्न सक्छु तर तपाईंकाे अवस्था हेर्दा दया लाग्छ, खैर बाइबल भन्छ तपाईं जस्ताेलाई सत्यमा फर्काएर ल्याउनु किनकि तपाईं जिउदाे लास हुनुहुन्छ, मरेकाे लास हाेइन ।
Socioligist, Communication Expert, Certified Mediator, Certified Community Legal Document Assistant, Coach, Writer, Translator cum Interpreter, YouTuber, Master Teacher of some biblical training, Content Creator.
Contact for above services and consultation:
thomasbogaty@gmail.com
Watsapp: +977-9813249433
CHARGES AS PER THE SERVICE